मधेसी नेताले विहारका लालु संग मागे १० लाख मान्छे, काठमाडौं घेरेर सरकार ढाल्ने योजना

 माघ काठमाडौं । तराईमा आन्दोलन गरिरहेका मधेस केन्द्रित दलहरुले विहारका विवादित नेता लालु यादवलाई मधेसमा आन्दोलन गर्न १० लाख मानिस नेपाल पठाईदिन आग्रह गरेको समाचार प्राप्त भएको छ । नेपालको केन्द्रिय सरकारलाई कमजोर बनाएर आफ्नो एजेन्डा पारित गराउन आफ्नो शक्ति नपुगेको भन्दै उनीहरुले त्यस्तो विन्ती गरेका हुन् । उनीहरुले १० लाख मान्छे विहारबाट आए आफुले काठमाडौंलाई घेर्न सक्ने र केन्द्रिय सरकारको समीकरण बदल्न सक्षम हुने योजना विहारका नेताहरुलाई सुनाएका हुन् । नेपालमा पछिल्लो समय आदिवासी जनजाति मधेसी थारु लगायत अल्पसंख्यक जनताले अधिकार नपाएको भन्दै आन्दोलन गरिरहेका छन् अधिकार मागको आन्दोलन एक मधेस एक प्रदेश लगायत छुट्टै राज्य घोषणा गर्ने सम्मका आवाजहरु सतहमा आएका छन् । पछिल्लो समय एक मधेस एक प्रदेशको माग उठाईरहेका मधेसी दलहरुलाई वर्तमान प्रधानमन्त्रीले एक मधेस एक प्रदेश चाहिने भए भारतको विहारमा जानु भनेर कटाक्ष गरेका थिए । केपी ओलीले समथर भूभाग जति सबै मधेस प्रदेशमा चाहिने भए त्यसमा भारतको बिहार पनि मिसाइदिए कसो होला भनेर व्यंग्य गर्दै भन्दा प्रधानमन्त्रीलाई मधेस विरोधी नेताको रुपमा व्याख्या गरिएको थियो । अझ मधेसमा बसोबास गर्ने केहि नेपालीहरुले त प्रधानमन्त्रीले हामीलाई बिहारी भने भन्ने सम्मको गुनासो गरे । तर अहिले मधेस केन्द्रित दलका नेताहरु भारतको विहार राज्यको भ्रमणमा व्यस्त छन् । मधेस केन्द्रित दलका नेताहरुले विहारका प्रख्यात नेताहरु लालु यादवलगायत संग भेटघाट गरिरहेका छन् । मधेसमा बस्ने मधेसीहरुले आन्दोलनमा खासै सहयोग नगरेको भन्दै नेताहरुले विहारमा धाइधाइ त्यहाँका नेताहरु लालुप्रसाद यादव र नितिशकुमारलाई नेपाल माथि नाकावन्दी कस्न उकासी रहेको खबर प्राप्त भएको छ । नेपालको पटक पटक मन्त्री बन्द मधेसी जनताको पक्षमा सिन्को पनि नभाचेका मधेसी दलहरु विहारका नेताहरुको पाउ मोल्दै विहारबाट १० लाख जनता नेपालमा आन्दोलन गर्न पठाईदिनु पर्यो भनेर विन्ती गरिरहेका छन् । त्यस्तै विन्ती विसाउन उनीहरुले विहारका विवादित नेता लालु यादवको गोडा मोलेका छन् । एउटा मालिकको अगाडी त्यसका हरुव चरुवा नोकर बसेको जस्तो गरी बसेका नेपाली नेताहरुले सिंगो देशको बेईज्ज्त गरेको भन्दै सामाजिक संजालमा उनीहरुको ब्यापक आलोचना भएको छ । प्रधानमन्त्री केपी ओलीले केहि महिना अघि मधेस खोज्ने भए विहार जाउ भनेर गरेको कुरालाई मधेस केन्द्रित दलहरुले वास्तविक रुपमा पुष्टि गरिदिएको भन्दै उनिहरुलो मधेसमा पनि ब्यापक आलोचना भएको छ ।

, , ,

0 comments

Write Down Your Responses

फोटो ग्यालरी